FAQs Complain Problems

प्राय सोधिने प्रश्नहरु

ठूलीभेरी नगरपालिकाको

 आन्तरिक राजश्व खाता नं ०९४०१०००००००१२०२ सिटिजन बैक

  धरौटी खाता नं् ०९४०१००००००१६२०२ सिटिजन बैक

 

 

१.योजना उपभोक्ता समितिको निर्णयको छाया कपि |

२.अध्यक्ष ,कोशाध्यक्ष र सचिवका फोटा र नागरिकता प्रमाण पत्रको प्रतिलिपी |

३.खाता खोल्ने बैंकको दस्तखत नमुना फाराम |

४.सम्बन्धित बैंक लाई नगरपालिकाको खाता खोल्ने सिफारिस पत्र |

उत्तर :  प्रहरी सर्जिमिन मुचुल्का , सम्बन्धित वडाको सिफारीस सहित निवेदन दर्ता गर्ने, तोक लगाउने र स्थानिय तहले तोकिएकाे सहायता उपलब्ध गराउने छ ।

उत्तरः नेपाल सरकारले हाल देहायका वर्गका नागरिकहरुलाई सामाजिक सुरक्षा भत्ता प्रदान गर्दै आइरहेको छ

क्र.सं.
लाभान्वित वर्ग
भत्ता प्राप्त गर्न योग्य उमेर र अवस्था
मासिक रकम रु.
कैफियत

१.

ज्येष्ठ नागरिक

कर्णालीः ६० वर्ष पुगेको

दलितः ६० वर्ष पुगेको

अन्यः ७० वर्ष पुगेको

१०००।–

 

२.

एकल महिला

विवाह नगरी बसेका महिलाः ६० वर्ष पुगेको

विवाह गरेका तर सम्बन्ध बिच्छेद भएकाः ६० वर्ष पुगेको

१०००।–

विवाह भएमा त्यस्ता व्यक्तिको लगत स्वत.. काटिने र निजहरुले भत्ता प्राप्त गर्ने छैनन् ।

३.

विधवा

पतिको मृत्यु भएका जुनसुकै उमेरका महिला

१०००।–

विवाह भएमा त्यस्ता व्यक्तिको लगत स्वत.. काटिने र निजहरुले भत्ता प्राप्त गर्ने छैनन् ।

४.

पूर्ण अपाङ्गता भएका

महिला, बालबालिका कार्यालयबाट ‘क’ वर्ग अर्थात् रातो रंगको अपाङ्गता परिचय पत्र प्राप्त गरेका जुनसुकै उमेरका नागरिकहरु

२०००।–

 

५.

अति अशक्त अपाङ्गता भएका

महिला, बालबालिका कार्यालयबाट ‘ख’ वर्ग अर्थात् निलो रंगको अपाङ्गता परिचय पत्र प्राप्त गरेका जुनसुकै उमेरका नागरिकहरु

६००।–

 

६.

लोपोन्मुख आदिवासी÷जनजाती

बनकरिया, राउटे, सुरेल, हायु, राजी, किसान, लेप्चा, मेचे र कुसवडिया (पत्थरकट्टा, सिलकट, कुशवधिया, कुचबधिया) जातीका नागरिकहरु

२०००।–

 

७.

बालबालिका

पाँच वर्ष उमेर ननाघेका देहाय वमोजिमका बालबालिका:

कर्णाली अञ्चलका जिल्लाहरुका एक आमाका बढीमा २ बालबालिका

देशभरीका दलित परिवारका एक आमाका बढीमा २ बालबालिका

४००।–